भीमफेदी कारागारबाट भागेका कैदी वीरगन्जमा समातिए

भीमफेदी कारागारबाट भागेका कैदी वीरगन्जमा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ असोज २०८२
  • 3.5K
    Shares

पोखरा १५ असोज २०८२ ।

जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक बन्दी वीरगन्जमा समातिएका छन्।

​जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कका २५ वर्षीय अमजत मियाँलाई आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा बुधबार समातेको हो।

​जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी)हरिबहादुर बस्नेतले दिएको जानकारी अनुसार , मियाँ लागू औषध सम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागारमा पठाइएका कैदी हुन्।

​पक्राउ गरिएका मियाँलाई थप कारबाहीका लागि पुनः भीमफेदी कारागारमै पठाइने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया