चितवनमा गएराती ईभी माइक्रो दुर्घटनाग्रस्त : नवलपुरको देवचुली नगरपालिकाका नौ जना बासिन्दा घाइते

चितवनमा गएराती ईभी माइक्रो दुर्घटनाग्रस्त : नवलपुरको देवचुली नगरपालिकाका नौ जना बासिन्दा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ असोज २०८२
  • 3.4K
    Shares

पोखरा, १५ असोज २०८२ ।

चितवनमा गएराती ईभी माइक्रो दुर्घटनाग्रस्त हुँदा नवलपुरको देवचुली नगरपालिकाका नौ जना बासिन्दा घाइते भएका छन्।

नवलपुरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०६-००१ ज ००६९ नम्बरको ईभी माइक्रो गएराति चितवको इच्छाकामना गाउँपालिका ६ दुई नम्बर पुलनजिक बिग्रेर रोकिराखेको बा ४ ख ११४० नम्बरको र्‍याकरमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा नवलपुरको देवचुली नगरपालिकाका नौ जना बासिन्दा घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी, प्रहरी नायव उरीक्षक रविन्द्र खनालले दिएको जानकारी अनुसार, दुर्घटनामा ८१ वर्षीय तुकबहादुर क्षेत्री, ७८ वर्षीया एकमाया क्षेत्री, २५ वर्षीय आशाकुमारी महतो, ३० वर्षका प्रेम महतो, २६ वर्षीया देवीमाया महतो, उहाँकी छोरी ६ वर्षीया बिहानी महतो, ४४ वर्षकी रन्जित महतो, ४१ वर्षकी ज्योति महतो र माइक्रोधनी कावासोती नगरपालिका ८ का ४० वर्षका रबि गुरुङ घाइते भएका छन्। घाइतेमध्ये तुकबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रतिक्रिया