‘ड्युटी’मा रहेका प्रहरी अधिकारीलाई अपशब्द प्रयोग गर्ने युवा काठमाण्डौमा पक्राउ

‘ड्युटी’मा रहेका प्रहरी अधिकारीलाई अपशब्द प्रयोग गर्ने युवा काठमाण्डौमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ असोज २०८२
  • 5.4K
    Shares

पोखरा १५ असोज २०८२ ।
‘ड्युटी’का प्रहरी अधिकारीलाई अपशब्द प्रयोग गर्ने युवा काठमाण्डौमा पक्राउ परेका छन्

सिन्धुलीको घ्याङलेख गाउँपालिका- ५ का ३६ वर्षीय नेवाङ तामाङ ‘ड्युटी’का प्रहरी अधिकारीलाई अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका हुन्।

तामाङलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनले सडक सुरक्षामा खटिएका प्रहरी अधिकारीलाई दुर्ब्यबहार गर्नुका साथै अपशब्द बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि कानूनी प्रक्रिया अघि बढाइने पनि प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार