बीरगन्जमा मध्यराती ग्याङफाइट : एकको मृत्यु, दुई जना पक्राउ

बीरगन्जमा मध्यराती ग्याङफाइट : एकको मृत्यु, दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ असोज २०८२
  • 5K
    Shares

पोखरा १४ असोज २०८२ ।

बीरगन्जमा अहिले मध्यराती ग्याङफाइट भएको छ। वीरगंजकाे माईस्थान र घडिअर्वा पाेखरीकाे बिचमा दुई समूह बीच भएको उक्त ग्याङफाइटमा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दशैँ मेला चलिरहेको बेला राति करिब १२ देखि १ बजेकाे बीचमा गितामन्दिर रोडमा दुई युवा समूहबीच चक्कु हानाहान भएको थियो । सोही क्रममा गम्भीर घाइते भएका गोल्डेन नाम गरेका युवककाे उपचारार्थ नारायणी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ। उनको शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको र अत्याधिक रक्तश्राबको कारण उनको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीले घटनास्थल गितामन्दिर रोडलाई सिल गरी थप अनुसन्धान गरिरहेका छन् भने घटनामा संलग्न दुईजनालाई पक्राउ गरि अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया