धादिङको हुग्दी खोलापुलमा स्कुटरलाई बोलेरोले ठक्कर दिंदा स्कुटरचालक पुलबाट तल खसे

धादिङको हुग्दी खोलापुलमा स्कुटरलाई बोलेरोले ठक्कर दिंदा स्कुटरचालक पुलबाट तल खसे

  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ असोज २०८२
  • 1.4K
    Shares

पोखरा १४ असोज २०८२ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित हुग्दी खोलाको पुलमा आज दिउँसो ठुलो सवारी दुर्घटना भएको छ। काठमाडौंबाट चितवनतर्फ गइरहेको एक स्कुटरलाई विपरीत दिशाबाट आएको बोलेरो–डिआइ गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि स्कुटर चालक पुलबाट तल खसेका थिए। स्थानीयवासीले तत्काल उद्दार गरी नजिकैको स्वास्थ्य केन्द्रमा पुर्‍याएपछि चालकको अवस्था गम्भीर रहेको बताइएको छ। सोही स्कुटरमा सवार एक जना सामान्य घाइते भएका छन् भने उनी खतामुक्त अवस्थामा उपचाररत छन्।
प्रारम्भिक अनुसन्धानअनुसार बोलेरो–डिआइ गाडी चालकले मादक पदार्थ सेवन गरेको अवस्थामा सवारी सञ्चालन गरेको पाइएको छ। हाल प्रहरीले चालकलाई नियन्त्रणमा लिई थप कारबाही अघि बढाएको जनाएको छ।
स्थानीयवासीले दुर्घटनापछि तत्काल उद्दार कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

थिए। स्थानीयवासीले तत्काल उद्दार गरी नजिकैको स्वास्थ्य केन्द्रमा पुर्‍याएपछि चालकको अवस्था गम्भीर रहेको बताइएको छ। सोही स्कुटरमा सवार एक जना सामान्य घाइते भएका छन् भने उनी खतामुक्त अवस्थामा उपचाररत छन्।
प्रारम्भिक अनुसन्धानअनुसार बोलेरो–डिआइ गाडी चालकले मादक पदार्थ सेवन गरेको अवस्थामा सवारी सञ्चालन गरेको पाइएको छ। हाल प्रहरीले चालकलाई नियन्त्रणमा लिई थप कारबाही अघि बढाएको जनाएको छ।

प्रतिक्रिया