पोखरा १३ असोज २०८२ ।
हिमालपारिको जिल्ला मुस्ताङमा आइतबार दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
कोवाङबाट मार्फातर्फ आउँदै गरेको बा ५१ प ८९६२ नं को मोटर साईकल र बिपरित दिशााबाट जादै गरेको ग २४ प ८९६२ नं.को मोटर साईकल बेनी जोमसोम सडक खण्डको थासाङ गाउँपालिका वडा नंं १ टुकुचे गाउँ नजिकै आइतबार करिव अपरान्ह ४ बजेर २० मिनेटमा एकापसमा ठोक्किंदा एक जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर घरपझोङ गाउपालिका वडा नं. २ मार्फा बस्ने वर्ष २५ को बुद्धि परियारको मृत्यु भएको कोवाङ प्रहरी चौकीका प्रनानि शैलबिहारी यादबले जानकारी दिएका छन् ।
सोहि दुर्घटनामा परेर घाइते भएका अब्य तीन जनाको प्रदेश अस्पताल जोमसोम मुस्ताङमा उपचार गरिएको छ।
बा ५१ प ८९६२ नं. को माेटरसाईकल चालक जिल्ला मुस्ताङ घरपझोङ गा.पा. ३ स्याङ बस्ने वर्ष २८ को मनोज बि.कको दायाँ खुट्टा र शरीरको बिभिन्न भागमा गम्भिर चोट लागेको छ र निजको अवस्था अचेत रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ । साथै बि.कलाई थप उपचार गराउन ट्याक्सीमा राखी पोखरातर्फ लगिएको घाईतेका आफन्तले बताएका छन् ।
त्यसैगरी २४ प ९१४१ नं. माेटरसाइकलको चालक जिल्ला पर्वत बिहादी गा.पा. ३ बस्ने वर्ष २१ को प्रधान पराजुलीको दायाँ हातमा चोट लागेता पनि उनको अवस्था सामान्य रहेको र उनी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको साथै पछाडी सवार सोही स्थानमा बस्ने वर्ष २४ को सुदिप परियारको दुबै हातमा चोट लागेता पनि अवस्था सामान्य रहेकाे प्रनाउ छिरिङ किप्पा लामाले बताईन् ।
दुबैतर्फको मोटर साईकल जिल्ला प्रहरी कार्यालय मुस्ताङको नियन्त्रणमा रहेको कुरा प्रहरी स्रोतले जनाएको छ ।