पोखरामा करेन्ट लागेर संगै पढ्ने एकै ठाउँका दुई किशोरको निधन

पोखरामा करेन्ट लागेर संगै पढ्ने एकै ठाउँका दुई किशोरको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ असोज २०८२
  • 6.8K
    Shares

पोखरा १३ असोज २०८२ ।

पोखरामा करेन्ट लागेर दुई किशोरको निधन भएको छ।

पोखरा महानगरपालिका वडां नं. २९, लेखनाथ पट्नेरीमा दुई किशोरको करेन्ट लागेर निधन भएको हो।

बिहीबार साँझ करेन्ट लाग्दा स्थानीय अन्दाजी १६ वर्षका प्रतिक हर्मेल र सन्दीप सुनारको ज्यान गएको छिमेकीहरुले जानकारी दिएका छन्। उनीहरु दुबैजना खुदीस्थित गोल्डेन नेचर बोर्डिङ स्कूलको कक्षा १० मा अध्ययनरत रहेको बताइएको छ।

विद्युत तार मिटरबक्सबाट लत्रिएर रेलिङमा छोइएको अवस्थामा रहेकाले एकजना साथी शौचालय जाने क्रममा करेन्ट लागेपछि अर्कोलाई पनि करेन्ट लागेको अनुमान गरिएको छ।

एकै स्कुल, एकै कक्षा र एउटै ठाउँमा सडक वारपार आमनेसामने घर भएका उनीहरुको निधनका बारेमा अनुसन्धान भैरहेको प्रहरीले छ जनाएको छ।

प्रतिक्रिया