ललितपुरको ११ नम्बर वडा कार्यलयमा सचिवलाई निकालेर आगजनि

ललितपुरको ११ नम्बर वडा कार्यलयमा सचिवलाई निकालेर आगजनि


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ बैशाख २०७४
  • 14.3K
    Shares

काठमाण्डौ ,२६ बैशाख ।

ललितपुरको ११ नम्बर वडा कार्यलयमा एक समुहले आगजनि गरेको छ । आज दिउसो ४ जनाको समुहले सचिवलाई कार्यकक्षबाट बाहिर निकालेर आगजनि गरेको वडा सचिव राजेन्द्र बज्राचार्यले बताउनु भयो ।

मोटरसाईकलमा आएका युवाहरुलाई सचिवलाई बाहिर निकालेर कार्यकक्षमा पेट्रोल खन्याएर आगजनि गरेको जावलाखेल प्रहरी परिसरका डिएसपि ईश्वर कार्कीले जानकारी दिनुभयो ।आगलागीबाट सचिव बस्ने कुर्सिमा मात्रै क्षति भएको उहाँले बताउनु भयो ।

सो क्षेत्रका स्थानियहरुले नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको निर्वाचन खारेजि अभियानलाई समर्थन गर्दै वडा कार्यलयमा आगजनि गरेको कार्कीले जनाएका छन् ।

घटनाबारे अनुसन्धान भईरहेको डिएसपि कार्कीले बताउनु भयो । सो वडा कार्यलय ललितपुरको चाकुपाटमा रहेको छ ।

प्रतिक्रिया