पोखरा १३ असोज २०८२ ।
डोटीमा पहिरोमा परेर एकाघरका एक छोरी बेपत्ता भएकी छन् भने आमासहित दुई छोराछोरी घाइते भएका छन्।
जिल्लाको पुर्वीचौकी गाउँपालिका – २ हुणेखोलास्थित सिलगढी झिग्राना सडक खण्डमा आइतबार दिउँसो सडक माथिबाट आएको पहिरोमा परेर सायल गाउँपालिका वडा नं. ४ कि महेश्वरी विष्टकी पांच वर्षीया छोरी भगवती विष्ट बेपत्ता भएकी हुन् ।
सोही पहिरोमा परेर वर्ष २६ की महेश्वरी विष्ट, उनको सात वर्षीय छोरा सबिन विष्ट, नौ वर्षीया छोरी करिष्मा विष्ट घाइते भएको र उनीहरुको जिल्ला अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिए।
बेपत्ता बालिकाको नेपाल प्रहरी, नेपाली सेना,स्थानीयले खोजी कार्य जारी राखेको भए पनि अहिलेसम्म फेला पर्न सकेको छैन ।