चर्चित टिकटकर आँचल नाथको उपचारको क्रममा निधन

चर्चित टिकटकर आँचल नाथको उपचारको क्रममा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ असोज २०८२
  • 5.6K
    Shares

पोखरा १२ असोज २०८२ ।


चर्चित टिकटकर २२ वर्षीया आँचल नाथको निधन भएको छ।

काठमाण्डौको पेप्सीकोलामा बस्दै आएकी चर्चित टिकटकर आँचल नाथको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रमम शनिबार निधन भएको हो ।

बिहीबार साँझ काठमाडौँको जडिबुटीस्थित एक ग्यारेजमा आगो लागेर घाईते अवस्थामा भेटिएकी उनको शनिबार दिउँसो १ बजे मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ घर भएकी उनको शरीरमा पेट्रोल छर्केर आगो लगाईएको दाबी गरिएको छ।

बिहीबार साँझ करिब ४ बजे अचानक जडिबुटीस्थित ग्यारेजमा उनी आगो लागेको अवस्थामा फेला परेपछि स्थानीयले उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पु¥याएका थिए। तर उनको शरीर पूर्णरूपमा जलेको हुँदा उपचार सफल भएन। दुई दिन भेन्टिलेटरमा राखेर उपचार गरेपछि उनको मृत्यु भयो।

आँचलका ५५ वर्षीय बुबा दशरथ नाथले छोरीको मृत्यु आत्मदाह नभई योजनाबद्ध हत्या भएको दाबी गरेका छन्। उनी भन्छन्, ‘उसले आत्मदाह गर्ने भए कोठामै गर्थी। किन पेप्सीकोलाबाट जडिबुटी पुग्थी? छोरीको हत्या गरिएको हो।’

दशरथका अनुसार आँचल र ति महिला बीच करिब महिना दिनअघि पनि झगडा भएको थियो। प्रहरीमार्फत मेलमिलाप भएको भए पनि बुबाले घटनापछि मात्र त्यो जानकारी पाएका हुन। ‘त्यो महिलाले आफ्नो श्रीमानसँग लागेको भन्दै छोरीमाथि पटक–पटक आरोप लगाएकी थिइन्। झगडा हुँदा प्रहरीमा मिलापत्र भएको रहेछ। अहिले पनि आरोप लगाएर बोलाएको र ग्यारेजमै छोरी जलाइयो,’–उनले भने।

घटनापछि प्रहरीले ति महिला सहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार अझैसम्म आँचल आफैंले पेट्रोल छर्केर आत्मदाह गरेकी हुन् वा कसैले जबरजस्ती जलाएको हो भन्ने यकिन भएको छैन। प्रत्यक्षदर्शी र उद्धारकर्ताको बयान संकलन भइरहेको बताइएको छ।

आँचल घरकी छ दिदीबहिनीमध्ये कान्छी छोरी थिइन्। कक्षा १० सम्म अध्ययन गरेकी आँचलले २० वर्षमै विवाह गरेकी थिइन्। तर, श्रीमानले दोस्रो विवाह गरेपछि दुई वर्षमै उनको वैवाहिक सम्बन्ध टुंगिएको थियो। उनी करिब दुई वर्षअघि कलाकार वन्ने योजनासहित काठमाडौँ आएकी थिईन।

भाइ दीपेन्द्र नाथ दिदीसँगै बसेर जापानिज भाषा पढिरहेका छन्। घटना हुनु १०–१५ दिनअघि भाई घर फर्किएका थिए। आँचल विदेश जाने तयारी गरिरहेको पनि खुलेको छ। दशरथका अनुसार केही दिनअघि मात्रै युरोप जाने भिसा आइसकेको थियो। ‘कुन देश हो मलाई थाहा छैन, तर युरोप जान भिसा आइसकेको थियो,’ उनले भने।

खेतिकिसानी गरेर जीविकोपार्जन गर्दै आएका दशरथका लागि यो घटनाले ठूलो शोक मात्र होइन, शंका पनि थपेको छ। ‘मेरो त सबै होस उडेको जस्तै भएको छ। अब छोरीको न्यायका लागि कानुनी बाटो समाउँछु,’ उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार