सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना : एक जना अष्ट्रेलियाली नागरिकको मृत्यु, अर्का घाइते

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना : एक जना अष्ट्रेलियाली नागरिकको मृत्यु, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ असोज २०८२
  • 5.3K
    Shares

पोखरा १२ असोज २०८२ ।

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जना अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ।

जिल्लाको बाह्रबिसे–तातोपानी सडकखण्डअन्तर्गत भोटेकोसी गाउँपालिका–४ चारकिलोमा बा ८९ प ९७३५ नम्बरको मोटरसाइकल शनिबार दुर्घटनाग्रस्त हुँदा एक जना अष्ट्रेलियाली नागरिकको मृत्यु भएको हो ।

उक्त मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा अष्ट्रेलियाली नागरिक ६८ वर्षीया जनेट ज्याक्सनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
उक्त मोटरसाइकल दुर्घटनामा घाइते भएका अष्ट्रेलियाली नागरिक ७१ वर्षीय पेटर ज्याक्सन र ६८ वर्षीया जनेट ज्याक्सन घाइते भएकामा धुलिखेल अस्पतालको शाखा हिन्दी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित नर्भिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो जनेटको मृत्यु भएको नर्भिक अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार