पोखरा ११ असोज २०८२ ।
कैलालीको मोहना नदीमा निर्वस्त्र अवास्थामा एक बालिकाको शब भेटिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुरकी ११ वर्षीया बालिका सुमित्रा रानाको शव मोहना नदीमा निर्वस्त्र अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले दिएको जानकारी अनुसार , बालिका सुमित्रा राना बिहिबार साँझ करिब ४ बजेदेखि हराएकी भन्दै उनका परिवारले शुक्रबार बिहान १० बजेद्तिर प्रहरीमा उजुरी दिएका थिए। त्यसको केही घण्टापछि ३/४ बजेतिर शव भेटिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।
नदीमा डुबेको अवस्थामा बालिकाको शव निर्वस्त्र भेटिएको र करिब दुई सय मिटर पर लुगा तथा चप्पल फेला परेको प्रहरीले बताएको छ। पोष्टमार्टमपछि घटनाको थप तथ्य बाहिर आउने प्रहरीले जनाएको छ।
घटना रहस्यमय रहेको स्थानीय तथा आफन्तहरूले बताएका छन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।