जाजरकोटमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

जाजरकोटमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० असोज २०८२
  • 2.8K
    Shares

पोखरा १० असोज २०८२ ।

जाजरकोटमा खोलाले बगाउँदा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ।

जाजरकोटको कुशे गाउँपालिका–७ समाकोटकी १८ वर्षीया मीनाकुमारी सिंह र उनकै १५ वर्षीया बहिनि गीताकुमारीलाई आज दिउँसो पौडी खेल्ने क्रममा स्थानीय समाकोट खोलाले बगाउँदा मृत्यु भएको हो।

खोलाले बगाएका दिदीबहिनीलाई सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

मृतक दुवै दिदीबहिनीको शव घरमा ल्याएर राखिएको र शनिबार शव परीक्षण गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया