काठमाडौं १० असोज २०८२ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय आगामी तीन महिनाभित्र अन्यत्र सार्न अल्टिमेटम दिइएको छ। घरधनी भरतमणि देवकोटाले रास्वपाको केन्द्रीय कार्यालय भवन आगामी तीन महिनाभित्र अन्यत्र सार्न अल्टिमेटम दिएका हुन्।
देबकोटाले रास्वपालाई बनस्थलीस्थित आफ्नो घर भाडामा दिएकोमा १० महिनाको भाडा पनि नपाएको र सुरक्षाको कारणले तीन महिनाभित्र घर खाली गर्न रस्वपाको नेतृत्वलाई जानकारी दिएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।
रास्वपाको अनुशासन आयोगका प्रमुख रहेकाबेला देवकोटाले मासिक तीन लाख ५० हजार रुपैयाँमा घरभाडा सम्झौता गरेका थिए। तर देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो । पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरे ।
उनले पार्टीलाई सापट दिएको रकम पनि नपाएको बताए पनि के कति रकम कसलाई दिएका हुन् खुलाएका छैनन्।
रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए ।