पोखराको बाटुलेचौरमा दुई मोटरसाइकल ठोक्किंदा तीन युवा घाइते

पोखराको बाटुलेचौरमा दुई मोटरसाइकल ठोक्किंदा तीन युवा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ असोज २०८२
  • 7.9K
    Shares

पोखरा, ९ असोज २०८२ ।

पोखराको बाटुलेचौरमा दुई वटा मोटरसाइकल ठोक्किंदा तीन युवा घाइते भएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरमा आज ग९प् ९१५७ र ग१२प् ९८३३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा तीन जना अघाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर ग९प् ९१५७ मोटरसाइकलमा सवार पोखरा १९ का १९ वर्षीय हेमन्त गुरुङ र पोखरा १६ घार्मीका २७ वर्षीय संघर्ष पौडेल तथा ग१२प् ९८३३ नम्बरको मोटरसाइकलमा सवार पोखरा २ मोहरियाटोल बस्ने संगम साई घाइते भएको जिल्ला प्रहर्फी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरि बहादुर बस्नेतले जानकारी दिए।

दुर्घटनामा घाइते पौडेलको अवस्था गम्भीए रहेको र अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार