विप्लवका सैन्य दस्ता सहकमाण्डर बमसहित चितवनबाट पक्राउ

विप्लवका सैन्य दस्ता सहकमाण्डर बमसहित चितवनबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ बैशाख २०७४
  • 23.2K
    Shares

 २६ वशाख, काठमाडौ । प्रहरीले चितवनको भरतपुर महानगरपालिका-४ शिवघाटबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको छ ।

सैन्य दस्ता सहकमाण्डार राई निर्वाचन विरोधी गतिविधीका लागि चितवन, धादिङ्ग, नुवाकोट र रसुवाको कमाण्डर रहेको प्रहरीले बताएको छ ।प्रहरीले आज विहान उक्त समूहको सैन्य दस्ता सहकमाण्डर पुरन राई र इलाका सदस्य शंकर गुरुङ्गलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट एकथान नक्कली पेस्तोल, बम बनाउने प्रयोग हुने डेटोनेटर केप, तीन थान ग्रीनेट बम र केही विजुलीको चार समेत बरामद गरेको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिएका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखेर आवश्यक अनुसन्धान गरिरहेको चितवन प्रहरी प्रमुख थापाले जनाएका छन् ।

प्रतिक्रिया