पोखरा, ९ असोज २०८२ ।
नवलपुरको कावासोतीमा बुधबार साँझ एक व्यक्तिले श्रीमतीको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
नवलपुरको कावासोती नगरपालिका–८, सगरमाथा टोलमा आफ्नी ३७ वर्षीया श्रीमती संगिता पौडेल पाण्डेको हत्या गरेर ४२ वर्षीय सुर्यप्रसाद पाण्डेले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।
मादक पदार्थ सेवन गरेका सुर्यप्रसादले घरायसी विवादपछि श्रीमती संगीतलाई चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, शरीरका विभिन्न भागमा घाइते भएकी संगितालाई प्रहरीले तत्कालै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याए पनि उपचारकै क्रममा बुधबार साँझ चिकित्सकले मृ’त घोषणा थिए ।
श्रीमतीको हत्या गरेपछि सुर्यप्रसाद पाण्डे आफैं जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)मा आत्मसमर्पण गरेको डिएसपी मधु नेपालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।