पोखरा, ९ असोज २०८२ ।
धादिङको जवाङखोला लगायत स्थानको पहिरो हटाए पछि पृथ्वी राजमार्गको मुग्लिङ – काठमाडौं सडक खण्ड बिहानैदेखि सुचारु छ भने मुग्लिङ-नारायणगढ सदाका खण्डको तुइनखोलाको पहिरो बिहानैबाट हटाउन शुरु गरिएको छ्।
प्रहरीका अनुसार , पानी पर्न रोकिएपछि जवाङखोला लगायत स्थानको पहिरो राति नै सफा गरिएको थियो। मुग्लिङ – काठमाडौं रुटको सम्पुर्ण पहिरो हटाइसकिएको छ । मुग्लिङदेखि केवलकारसम्म अत्याधिक सवारी चापकोकारण सवारी साधन जाममा परेका छन ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , तुइनखोलाको पहिरो बिहानै बाट हटाउन सुरु गरिएको छ्। काठमाडौं – पोखरा केहिसमयमा पुन संचालनमा आउछ भने मुग्लिङ – नारायणघाट सडक खोल्न कम्तिमा आज दिनभर लाग्नेछ ।