नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष ललितपुरको सानेपाबाट समातिए

नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष ललितपुरको सानेपाबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ असोज २०८२
  • 4.5K
    Shares

पोखरा, ८ असोज २०८२ ।

ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारी का अध्यक्ष केदारनाथ शर्मा फेरि समातिएका छन् ।

बाँकेको खजुरा गाउँपालिका-६ घर भई काठमाडौंको सुकेधारा बस्ने ५० वर्षीय केदारनाथ शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलिले लालितपुरको सानेपाबाट बुधबार समातेको हो।

पक्राउ परेका उनलाई नख्खु कारागार बुझाइएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले बताए ।

सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा भक्तपुर जिल्ला अदालत समेतको आदेशबाट पुर्पक्षका लागि कारागार कार्यालय, नख्खुमा राखिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार