आश तमु,२६ बैशाख काठमाडौं ।
गुण्डा नाइके चक्रे मिलन काठमाडौंबाट पक्राउ परेका छन् ।महाराजगन्ज वृत प्रमुख डिएसपी गोविन्द पुरीको नेतृत्वमा गएको टोलीले चक्रे मिलनलाई प्रकाउ गरेको हो। उनलाई महाराजगन्जबाट पक्राउ गरेको महाराजगन्ज वृत प्रमुख डिएसपी गोविन्द पुरीले जानकारी दिए ।
प्रहरीले यसअघि गुण्डा नाइके दीपक मनांगेलाई पक्राउ गरेको थियो । निर्वाचन सुरक्षालाई ख्यालमा राखेर विगतमा आपराधिक पृष्ठभूमि भएकाहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।