पोखरा ८ असोज २०८२।
कपिलबस्तुमा आज बिहाना बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
काठमाडौँबाट नेपालगन्जतर्फ आउदै गरेको ग १ ख ९७०० नम्बरको बस शिवराज नगरपालिका १ उमरिचोकस्थित पूर्व पश्चिम राजमार्गमा दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा घाइते भएका बिरामीहरुको न्द्रौटास्थित सञ्जीवनी अस्पतालमा घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
३५ जना सवार उक्त बस अनियन्त्रित भई सडकमा पल्टिएको बताइएको ।