विराटनगरमा भाउजुमाथि एसिड हानेर देवर बेपत्ता

विराटनगरमा भाउजुमाथि एसिड हानेर देवर बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ असोज २०८२
  • 3.9K
    Shares

पोखरा, ७ असोज २०८२।

विराटनगरमा भाउजुमाथि एसिड हानेर देवर बेपत्ता भएका छन्।

विराटनगर महानगरपालिका–९ मा २२ वर्षीया भाउजू रागिनीदेवी साहलाई सोमबार एसिड हानेर २५ वर्षीय देवर छोटु भनिने श्रवण बेपत्ता भएका हुन्।

घरायासो बिबादका बीच श्रवण साहले भाउजु रागिनीदेवीलाई एसिड हानेको प्रहरीले जानकारी दिएको छ।

एसिड प्रहारबाट घाइते महिलाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ । प्रहार गरेको एसिड रोक्ने क्रममा महिलाको हात र शरीरका अन्य भागमा आगो लागेको छ । उनले लगाएको सल एसिडले जलेको थियो ।

प्रहरीका अनुसार दाजु घरमा नभएको मौकामा भाउजुमाथि एसिस प्रहार गर्नका लागि देवरले वियरको बोतलमा एसिड लिएर आएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता, डीएसपी कोपिला चुँडालले एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताइन् ।

प्रतिक्रिया