पोखरा, ७ असोज २०८२।
गोरखा जिल्लाको गण्डकी गाउँपालिकाबाट ड्रोन क्यामेरा हराएको छ।
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा रहेको ड्रोन क्यामेरा हराएको हो ।
करिब तीन लाख मूल्य पर्ने उक्त ड्रोन क्यामेरा गत भदौ २३ गतेदेखि २९ गतेको बीचमा हराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईंद्वारा आइतबार जारी सूचनामा उल्लेख छ । ड्रोन फेला पारेमा पालिकामा बुझाइदिन आग्रह गरिएको छ ।
दोस्रो स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भए लगत्तै पालिका अध्यक्ष दीपक तिमिल्सिनाले निर्णय गराउँदै पालिकाबाट ड्रोन क्यामेरा खरिद गरेका थिए ।