पोखरा, ६ असोज २०८२।
नाबालिकालाई वलात्कार गरेको आरोपमा तनहुँबाट मेडिकलमा कार्यरत एक जना कर्मचारी पक्राउ परेका छन्।
तनहुँको भानु नगरपालिका-३ तुरतुरेस्थित एक मेडिकलमा कार्यरत सिराहा लहान नगरपालिका-१२ घर भएका ४१ वर्षीय सुमित शाहलाई नाबालिका वलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।
शाहले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेप लागेकाे छ । उनले ती बालिकालाई सोही मेडिकलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ ।
पक्राउ परेका शाहकाबिरुद्ध आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।