बैशाख २६, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गतेभित्र राजीनामा दिने भएका छन् । पहिलो चरणको चुनाव लगत्तै राजीनामा गरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोलिदिने विषयमा काँग्रेस र माओवादीका शीर्ष नेताबीच सहमति बनेको छ ।
‘जेठ ४ गतेभित्र प्रधानमन्त्रीले शेरबहादुर देउवाका लागि बाटो खुला गरिदिने समझदारी बनेको छ ।’ ’ स्रोतका अनुसार जेठ ४ गते संसद वैठकलाई सम्बोधन गरेर प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्ने सम्भावना छ । महाअभियोग प्रकरणपछि संसद वैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ ।
यहीँ बैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्वर ३,४ र ६ मा स्थानीय तहको चुनाव हुँदैछ ।