पोखरा, ४ असोज २०८२।
झन्डै तीन दशकदेखि नेपाली पत्रकारिता जगर्तामा सक्रिय पत्रकार मनोरन्जन शर्माको ५२ वर्षको उमेरमा आज निधन भएको छ।
बिगत दुई वर्षदेखि क्यान्सर रोगबाट ग्रस्त पत्रकार शर्माको शनिबार साँझ पांच बजे रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।
पाल्पामा जन्मिएर त्यहीबाट पत्रकारिता गर्न शुरु गरेका पत्रकार शर्मा करीब दुई दशकदेखि रुपन्देहीको भैरहवामा बसेर पत्रकारिता गर्दै आएका थिए।
नेपाल वान टेलिभिजन, न्युज २४ टेलिभिजनको भैरहवा ब्युरो प्रमुख भएर काम गरेको अनुभव बटुलेका पत्रकार शर्मा बिशेष गरी खेल पत्रकारितामा दख्खल थिए। पछिल्लो समय उनी आफैले न्यूज ओके डट कम नामको अनलाइन पत्रिका संचालन गर्दै आएका थिए भने कारोबार दैनिकमा समेत आबद्ध थिए।
पारिवारिक स्रोतका अनुसार शर्माको अन्तिम दाहसंस्कार स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा गरिनेछ । उनका एक श्रीमती, एक छोरी र एक छोरा छन् ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सल्लाहकार समेत रहेका पत्रकार शर्माको निधनले सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको क्लबका अध्यक्ष कमल रायमाझीले बताए ।
शर्माको निधनप्रति लुम्बिनी प्रेस क्लबसहित विभिन्न संघ-संस्थाले दुःख व्यक्त गरेका छन् ।