सोमबार राति बेनीमा कांग्रेस एमाले कार्याकर्ताबीच झडप

सोमबार राति बेनीमा कांग्रेस एमाले कार्याकर्ताबीच झडप


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ बैशाख २०७४
  • 10.9K
    Shares

वैशाख २६, २०७४-

सोमबार साँझ कांग्रेस कार्यकर्ताको आक्रमणमा एमाले बेनी नगरपालिका-५ का  वडा प्रमुख पदका उम्मेदवार लक्ष्मण बानियाँका छोरा मदन घाइते भएका छन । ढुङ्गा प्रहारले उनको तीन वटा दाँत भाँचिएको छ । बानियाँको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको छ ।

पुलाचौरबाट कुहुँ तर्फ चुनावी सभा गर्न हिँडेका ६० बढी काँग्रेस कार्यकर्ताले बाटोमा पोस्टर टाँस्दै हिँडेका चार जना एमाले कार्यकर्तामाथि ‘मोटरसाईकललाई साइड’ नछोडेको भन्दै एक्कासी ढुंगा र मुक्काले आक्रमण गरेको एमालेले जनाएको छ । घटनाको विषयमा सोमबार राति बेनीमा पुन: कांग्रेस–एमाले कार्याकर्ताबीच झडप भएको छ ।

‘दलहरुबीच झडपको अवस्था आउन थालेपछि मंगलबार बिहान सर्वदलीय बैठक राखीस्थिति सामान्य बनाउन घाइतेको उपचार गर्ने र उप्रान्त मोटरसाइकल र्‍याली, माइकिङ, टिसर्ट समेतका उत्तेजक प्रचारलाई नियन्त्रण गर्ने सहमति भएको छ,’ प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले भनिन् ।

प्रतिक्रिया