पोखरा, १ असोज २०८२ ।
गएरातीदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड सुचारु भएको छ। उक्त सडक खण्डको विभिन्न स्थानहरुमा रहेका पहिरो हटाइए पछि सडक खण्ड सुचारु भएको हो ।
रातीदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत विभित्र स्थानमा झरेको पहिरो हटाउन विभिन्न यान्त्रिक उपकरण प्रयोग गरी पहिरो हटाए पछि बिहान सवा आठ बजे पछि दोहोरो सवारी आवागमन सुचारु रहेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ।