काठमाडौँको वनस्थलीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको निधन

काठमाडौँको वनस्थलीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० भाद्र २०८२
  • 4.3K
    Shares

पोखरा, ३० भदौ २०८२।

काठमाडौँको वनस्थलीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको निधन भएको छ।

हाल नम्बर नखुलेको टिपरले काठमाण्डौ महानगरपालिका-१६ वनस्थली चोकस्थित सडकमा बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको निधन भएको छ।

उक्त दुर्घटनामा परेर ललितपुरको सातदोबाटो घर भएका मोटरसाइकल चालक ३१ वर्षीय मनिष केसीको मृत्यु प्रहरीले जानकारी दिएको छ।

गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पतालमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार