पोखरा, २९ भदौ २०८२।
पोखरा , म्याग्दी , कास्की , चितवन र काठमाण्डौस्थित कारागार र बाल सुधारगृहबाट भागेका आठ जना बन्दी बागलुङमा समातिएका छन्।
पोखरास्थित कास्की जिल्ला कारागार तथा बालसुधार केन्द्र सराङकोट, चितवन जिल्ला कारागार, म्याग्दी जिल्ला कारागार र काठमाण्डौस्थित केन्द्रीय कारागारबाट भागेका आठ जना बन्दीमध्ये केहीलाई मालढुङ्गा प्रहरी चेकपोष्ट र केहीलाई उनीहरुकै घरबाट समातिएका हुन्।
बागलुङमा पक्राउ परेका आठ जनामध्ये चार जना पोखराको सराङकोटमा रहेको बाल सुधार गृहका चार जना रहेका थिए भने बाँकी कास्की , चितवन, म्याग्दी र काठमाण्डौको केन्द्रीय कारागारबाट फरार भएका एक/एक जना बन्दी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डे जानकारी दिए ।
पक्राउ परेका चार कैदी र चार जना थुनुवा मध्ये छ जना जबर्जस्ती करणी र दुई जना ज्यान सम्बन्धी मुद्दाका आरोपी रहेका प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका आठै जनालाई सम्बन्धित कारागार वा बाल सुधार गृहमा पठाईने डिएसपी पाण्डेले बताए।