पोखरा, २९ भदौ २०८२।
ललितपुरको नख्खु कारागारबाट भागेका चार जना बिदेशी बन्दीहरु धनुषामा पक्राउ परेका छन्।
जेनजीको आन्दोलन चर्केपछि गएको भदौ २४ गते नख्खु कारागारबाट भागेका चार जना बिदेशी बन्दीहरु धनुषास्थित नेपाल-भारत सीमा क्षेत्र दशगजाबाट भारततिर भाग्न लाग्दा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले पक्राउ गरेका बिदेशी बन्दीहरुमा नाइजेरियन नगरिकहरु ३८ वर्षीय मो. लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे र ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे र ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरी स्रोतका नुसार उनीहरू लागुऔषध र भिसा टेड समाप्त भएको अभियोगमा जेलमा थिए । उनीहरूलाई भारत बिहारको बासोपट्टी क्षेत्रबाट पक्राउ गरेर धनुषा प्रहरीले ल्याएको प्रहरी स्रोतले बताएको छ ।