जिल्ला प्रहरी कार्यालय कास्कीमा नष्ट भएका सिसिटीभी क्यामरा मर्मत र नयाँ जडान

जिल्ला प्रहरी कार्यालय कास्कीमा नष्ट भएका सिसिटीभी क्यामरा मर्मत र नयाँ जडान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ भाद्र २०८२
  • 5K
    Shares

पोखरा, २९ भदौ २०८२।
जेन जी आन्दोलनका क्रममा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा सिसिटीभी क्यामरा जडान एबम मर्मत गरिएको छ।

लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान एबम मर्मत गरि दिएको हो ।

जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जडान गरिएका सम्पूर्ण सिसिटीभि क्यामेराहरु आगलागीका कारण पूर्ण रुपमा जलेर क्षति भएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीभित्र नष्ट भएका तथा आबश्यक परेको स्थानमा नयाँ सिसिटिभी क्यामरा जडान एबम मर्मत गरिएको लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीका अध्यक्ष राबत गोम्जा तामाङले बताए ।

जिल्ला प्रहरी कार्यालयमा १६ थान सिसिटीभी क्यामेरा जडान गरिएको सिसिटीभी जडान कार्यक्रमका संयोजक स्वयम्भु कुँवरले जानकारी दिए। जस मध्ये नौ वटा सिसिटीभी क्यामेरा नयाँ जडान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार