पोखरा, २८ भदौ २०८२।
जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट भागेका एक कैदी घरमा मृत भेटिएका छन्।
लागुऔषध मुद्दामा दुई वर्षदेखि कञ्चनपुर जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका-१ का २६ वर्षीय पदमराज भट्ट घरमा मृत भेटिएका हुन्।
भट्ट शनिबार उनको घरमै मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले जानकारी दिए। अहिले शव पोस्टमार्टमका लागि बेलौरी अस्पतालमा लगिएको छ।
अदालतले भट्टलाई लागुऔषध मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय तोकेको थियो।
कारागारबाट भागेपछि गाउँमा २६ गते ती युवक र अन्यबीच झगडा भएको खुलेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।