तनहुँको घिरिङ गाउँपालिकाले चुनावमा प्रयोग गरेको जीपमा आगजनी गरिएको छ । गाउँपालिकाका कार्यकारी अधिकृत नरहरी सापकोटाले प्रयोग गर्ने गरेको बा १५ च ६६०४ नम्बरको स्कार्पियो जीपमा गएराती आगजनी भएको हो ।
आगजनीबाट जीपको अधिकांश भाग जलेको प्रहरी उपरिक्षक उमेशराज जोशीले बताउनुभयो । कसले आगजनी गरेको भन्ने थाहा हुन नसकेको प्रहरीको भनाई छ ।