एकाबिहानै फेवातालमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

एकाबिहानै फेवातालमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ भाद्र २०८२
  • 5.4K
    Shares

पोखरा, १७ भदौ २०८२ ।

आज एकाबिहानै फेवातालमा हम फालेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

मंगलबार बिहान करिब पाँच बजेतिर पोखराको फेवातालमा हाम फालेकी मकवानपुर घर भई पोखरा–६ लेकसाइड बस्ने करिब ४५ वषीकी हीरा नेगीलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटस्थित फेवातालमा हाम फालेकी नेगीलाई त्यहाँ रहेको काठको मुढामा अड्किएकी अवस्थामा उद्धार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार उनलाई सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएका पाँच जना गोताखोर, पाँच जना विपद व्यवस्थापन र नेपाल प्रहरी सहितको संयुक्त सुरक्षा फौजले उद्धार गरेको हो। उद्धारपश्चात उनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पठाइएको र अवस्था सामान्य रहेको थापाले जानकारी दिए।

प्रतिक्रिया