एजेन्सी। यतिबेला सिंगो भारत ‘बाहुबली–२’ को रङमा रंगिएको छ । यस फिल्मबाट सबैभन्दा बढी चर्चामा छन्, मुख्य अभिनेता प्रभास ।
प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रूपमा हेर्न थालिएको छ । यससँगै उनको फ्यान फलोइङ पनि व्यापक बन्दै गएको छ । सुन्दर अनुहार, गडिलो शरीर र प्रतिभाका कारण उनको फ्यान फलोइङ बढी हुनु स्वभाविकै हो । उनका फ्यान धेरैजसो केटी छन् । प्रभास अहिलेसम्म सिंगल छन् । उनलाई ‘मोस्ट इलिजेबल ब्याचलर’ मान्न थालिएको छ ।
यसैबीच, प्रभासको विषयमा एउटा रोचक खबर सार्वजनिक भएको छ । खबरअनुसार ‘बाहुबली–२’ को सुटिङ गरिरहँदा उनलाई ६ हजार जनाबाट विवाहको प्रस्ताव आएको थियो । तर, उनले सबै प्रस्ताव अस्वीकार गरे । प्रभास केवल आफ्नो करिअरमा फोकस हुन चाहन्थे ।