बारामा वडाध्यक्षले शिक्षकलाई वडाकार्यालयमा अर्धनग्न बनाएर लात्तैलात्ताले कुटे (भिडियोसहित)

बारामा वडाध्यक्षले शिक्षकलाई वडाकार्यालयमा अर्धनग्न बनाएर लात्तैलात्ताले कुटे (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० भाद्र २०८२
  • 5.5K
    Shares

पोखरा, १० भदौ २०८२।

बाराको प्रसौनी गाउँपालिका वडा-६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ।

पर्सा बहुदरमाई घर भई प्रसौनी-६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहासहित ८ जनाले कुटपिट गरेको आरोप छ। मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ।

घटना बाहिर आएसँगै नेकपा माओवादी केन्द्रले कुशवाहालाई ६ महिनाका लागि पार्टीले निलम्वन गरेको छ।

प्रतिक्रिया