धनुषाका अधिवक्ता राय काठमाण्डौमा पक्राउ : आज अदालतमा सामूहिक बलात्कार मुद्दा दर्ता हुँदै

धनुषाका अधिवक्ता राय काठमाण्डौमा पक्राउ : आज अदालतमा सामूहिक बलात्कार मुद्दा दर्ता हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ भाद्र २०८२
  • 4K
    Shares

काठमाण्डौ, १ भदौ २०८२।

धनुषाका अधिवक्ता प्रमोद कुमार राय काठमाण्डौमा पक्राउ परेका छन् । सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा प्रहरीले अधिवक्ता रायलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरेको हो।

उनलाई शनिबार धनुषा ल्याइएको र आज धनुषा जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

अधिवक्ता रायसहित तीनजनाले २०८१ साल माघ १२ गते धनुषाकै एक महिलालाई सामूहिक बलात्कार गरेको उजुरी गत सात इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा दर्ता भएको थियो । बिहान कुहिरो लागेको मौका छोपी अधिवक्ता रायसहित तीन जनाको समूहले जबर्जस्ती करणी गरेको जाहेरीमा पीडितले उल्लेख गरेकी छन् ।

पीडितले त्यसबेला नै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिंदा दर्ता भएको थिएन । पीडित पक्षले उच्च अदालतमार्फत परमादेश ल्याएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो ।

प्रतिक्रिया