ओम हमाल
पोखरा, २४ वैशाख २०७४ । नेपालका लागि चिनिया राजदूत यु होङले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सूरु हुने बताउनुभएको छ । ‘तपाईाहरुले धेरै कुर्नु भयो, अब धेरै क्ुुर्नु पर्दैन’, पोखरा उद्योग वाणिज्य संघले शनिबार उहााको सम्मानमा आयोजना गरेको अन्तरवि|mया कार्यव|mममा बोल्दै राजदूत होङले यस्तो भन्नुभएको हो । वहाँले ‘मुख्य समस्या सल्टिएको र समस्याका रुपमा रहेका बैंकका केही नियम र सर्तहरु पनि छिट्टै समाधान गरिने जानकारी दिनुभयो ।
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अघिल्लो वर्ष शिलान्यास भए पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन । चीनको एक्जिम बैंकको ऋण सहयोगमा विमानस्थल निर्माणको सम्झौता भए पनि ऋण तिर्ने प्रवि|mया र त्यसका प्रवि|mयाबारे काम हुन नसक्दा पोखरेलीहरु पोखरामा अन्तरराष्ट्रियस्तरको विमानस्थल नबन्ने हो कि भन्ने शंका गरिरहेका थिए ।
राजदूत होङले अनौठो सौन्दर्यकाकारण नेपाल चिनिया पर्यटकहरुको लागि आकर्षणको केन्द्र बनेको कुरा उल्लेख गर्नुहुसँदै बताउादै चीनमा नेपालको प्रचारमा चिनिया दूतावासले सघाएको बताउनुभयो । नेपाल आउने पर्यटकहरु खर्चालु भएपनि चिनियाँ नागरिकले चाहे जस्ूतो सामान नेपालमा नपाइने गरेको गुनासो गर्दै चिनियाँ नागरिकहरुले चाहेजस्तो सामानहरु बनाउनेतर्फ नेपालले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यव|mममा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे लगायतका वक्ताहरुले कोरला नाका संचालन, विमानस्थल निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए ।