काठमाडौ, बैशाख २२ –
आज दिँउसो १ बजेका लागि डाकिएको संसद बैठक ढिला गरी अहिले केहीबेर पछि शूरु हुँदैछ ।
सर्वोच्च अदालतकी प्रधानन्यायाधिस सुशीला कार्कीमाथि लागेको महाभियोग संसदमा टेबुल हुने कार्यसूची भएको कारण प्रमुख प्रतिपक्षी दल एमालेले बिहानको बैठक अबरुद्ध गरेको थियो ।
बैठक अवरुद्ध भएपछि सभामुखले दिँउसो १ बजेका लागि अर्को बैठक बोलाएकी थिइन् ।
बैठक अघि प्रमुख दलका शीर्ष नेताहरु बीच छलफल भएपनि सहमती जुटेको थिएन ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले यसअघि नै महाभियोग प्रस्ताव संसदमा टेबुल हुन नदिई अबरोध गर्ने बताँउदै आएको थियो । एमाले लगायत गठबन्धनको विरोधका बीच संसदमा महाभियोग प्रस्ताव टेबल गर्न लागिएको हो ।
बिहानको बैठक एमालेले अबरोध गरेपछि यसबीचमा सभामुख ओनसरी घर्तीले संसद सहज ढंगले अघि बढाउनका दलका नेताहरुसँग अनौपचारिक छलफल गरेको उनका प्रेस संयोजक बबिन शर्माले जानकारी दिए । तर, छलफलबाट कुनै सहमति निस्किन सकेन ।
यसअघि सभामुख घर्तीले हिजो दलका प्रमुख सचेतकहरुसँग पनि छलफल गरेकी थिइन् ।