पोखरा २३ साउन २०८२।
तनहुँस्थित एक बिद्यालयका शिक्षकले कक्षाकोठामा मकै खाएको भन्दै तीन जना विद्यार्थीलाई निलडाम हुने गरी पाइपले कुटेका छन्।
तनहुँको व्यास ३ दमौली, शान्तिनगरस्थित गाेरखकाली आवासीय माविका शिक्षक अर्विन नेपालीले संकल्प कंडेल , रिदम खड्का , जुन गुरूङ लगायतलाई कुटेको बताइएको छ।
बिज्ञान शिक्षक नेपालीले कक्षा काेठामा मकै खाएकाे र साेधेकाे प्रश्नको उत्तर दिन नसकेको भन्दै पाइप तथा हातले कुटेका प्राप्त समाचारमा जनाइएको छ । कुटाइबाट बिद्यार्थीकाे शरीरका विभिन्न भागमा राताे डाम बन्नुको साथै सुनिएको छ।
कुटाइ खाएका बिद्यार्थीहरूले आफुहरूलाइ सरले पाइपले कुटेको बताए । बिद्यार्थीहरूले रूँदै हामी लगायत अन्य साथीहरूलाई पनि कुटेको बताए ।
समाचारस्रोत : दमौली अपडेट