पोखरा २० साउन २०८२।
बिद्यालय जान हिडेका तीन जना छात्रा तनहुँबाट सम्पर्कबिहीन भएका छन्।
तनहुँको भानु नगरपालिका-२ भकुन्थोकका तीन जान छात्रा सोमबारदेखि सम्पर्कबिहीन भएका हुन्।
बेपत्ता हुनेमा १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार रहेका छन् । सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरु साँझसम्म परिवारमा सम्पर्कमा नआएको समाचार स्रोतहरुले जानकारी डेका छन्।
साँझसम्म घर नआएपछि अक्भिभावाकाहरुले सोमबार साँझ ६ बजे इलाका प्रहरी कार्यालय भानुमा जानकारी दिएर खोजीका लागि अनुरोध गरेको प्राप्त समाचारमा जनाइएको छ।