सिन्धुलीको गोलन्जोरबाट बेपत्ता १६ जना हायुको नाम सार्वजनिक

सिन्धुलीको गोलन्जोरबाट बेपत्ता १६ जना हायुको नाम सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ साउन २०८२
  • 4.8K
    Shares

पोखरा १२ साउन २०८२।

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पा भण्डास विप्पर कट्टेरी बस्ने उर्मिला हायूसहित बेपत्ता १६ जनाको नामावली सार्वजनिक भएको छ । गाउँपालिकाले सोमबार बेपत्ता हायू परिवारको नामावली सार्वजनिक गरेको हो ।

बेपत्ता हुनेहरुमा उर्मिला हायू,(घरमुली आमा)कमला हायू(जेठी छोरी),कोमल माया हायू(माइली बुहारी)उषा हायू(छोरी),सुजता हायू(छोरी),अस्मिता हायू(छोरी),राजु हायू(जेठा छोरा)हिमाल हायू(माइला छोरा),लाल बहादुर हायू(साइला छोरा) रहेका छन् ।

त्यस्तै वेग बहादुर हायू(छोरा),लक्ष्मण हायू(छोरा),सुवर्ण हायू(छोरा),ओम कुमारी हायू(छोरी)अर्जुन हायू(नाती)रियासा हायू(नातिनी)शान्ता हायू(छोरी) रहेका छन् ।

गत मंगलबार सामाजिक सुरक्षा भत्ता हिमालयन बैंक खुर्कोट शाखाबाट झिकिएको र शुक्रबार वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बेपत्ता १६ जनाको नामवली बिवरण

१) बर्ष ५२ की उर्मिला हायु (आमा)

२) बर्ष २७ की कमला हायु (छोरी)

३) बर्ष २३ की कोमल माया हायु (बुहारी)

४) बर्ष २२ की उषा हायु (छोरी)

५) बर्ष १९ की सुजता हायु (छोरी)

६) बर्ष १८ की अस्मिता हायु (छोरी)

७) बर्ष १२ की सान्ता हायु (छोरी)

८) बर्ष २९ को राजु हायु (छोरा)

९) बर्ष २४ को हिमाल हायु (छोरा)

१०)बर्ष १६ को लाल बहादुर हायु ( छोरा)

११) बर्ष १४ को बेग बहादुर हायु ( छोरा)

१२) बर्ष ११ को लक्की हायु (छोरा)

१३) बर्ष १२ को सुवर्ण हायु (छोरा)

१४) बर्ष १० की ओम कुमारी हायु (छोरी)

१५) बर्ष १ को अर्जुन हायु (नाती)

१६) बर्ष ४ की रियासा हायु ( नातिनी )

यसैबीच प्राप्त पछिलो जानकारी अनुसार , सिन्धुलीको गालन्जोर–६ बाट बेपत्ता भएका परिवारका सदस्यहरू गत शुक्रबार साँझ अटो चढेर ग्वालटारबाट घर छेउसम्म पुगेको पाइएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालका अनुसार, गत शुक्रबार साँझ ५ बजेर १९ मिनेटमा अटो चालकसँग उक्त परिवारका एक सदस्यले कुराकानी गरिएको भेटिएको हो ।

चालकका अनुसार, उनीहरू सडकबाट घरतर्फ लागेका थिए । ग्वालटार पालिकाको केन्द्र हो । अघिपछि केही किनमेलका लागि पनि उक्त परिवारसहितका सदस्यले सोही बजार प्रयोग गर्ने गर्छन् ।

अहिले प्रहरी र सीडीओसहितका अधिकारीहरूले अटो चालकसँग थप बुझ्ने काम गरिरहेको छ ।यद्यपि कुनै थप जानकारी भने आएको छैन ।

गत बिहीबार राज्यबाट प्राप्त हुने भत्ता एकैसाथ बैंकबाट बुझेका उनीहरू शनिबारयता बेपत्ता भएका हुन् । छिमेकीहरूले तीन दिनसम्म पनि नदेखेपछि स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए ।

हायू संघका केन्द्रीय अध्यक्ष लक्ष्मण हायूका अनुसार, उक्त परिवारका जेठा छोरा राजु हायू केही दिनअघिमात्रै विदेशबाट घर फर्किएका थिए ।

एकान्तमा घर भएका कारणले छिमेकीसँग कुनै पनि रिसराग नभएको उनी बताउँछन् ।

यद्यपि, पोखरामा पनि एकजना छोरी बस्ने गरेको उनले बताए । ‘पोखरामा पनि छोरी ज्वाइँ बस्नुहुन्छ । छोरी सिन्धुली आउजाउ गरिरहेको भन्ने थाहा पाएका छौं,’ उनले भने ।

पोखरामा बस्ने ज्वाइँको नाम समीर तामाङ रहेको उनी बताउँछन् । यद्यपि पोखरामा बस्ने सुनिएको भए पनि आधिकारिक ठेगाना कहाँ भन्नेबारे थाहा नभएको उनले बताए ।

सीडीओ भुसालका अनुसार अहिले एसपीको कमाण्डमा नेपाल प्रहरीको टोली खोजी कार्यमा खटिएको छ । सशस्त्र प्रहरीको टोली पनि खटाइएको उनले बताए ।यसबारे गृह मन्त्रालयमा निरन्तर रिपोर्टिङ भइरहेको सीडीओ भुसाल बताउँछन् ।

वडा अध्यक्ष रविन कुमार श्रेष्ठका अनुसार, प्रतिमहिना ३ हजार ९ सय ९० का दरले उनीहरूले गत बिहीबार भत्ता लिएका थिए । १ लाख ९१ हजार ५ सय २० रुपैयाँ सो दिन उनीहरूले बुझेकाको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनीहरूले गोलन्जर गाउँपालिका–७, खुर्कोटमा रहेको हिमालयन बैंकबाट भत्ता बुझेको वडा कार्यालयले जनाएको छ । गोलन्जगर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको अर्का एक सदस्य तीन वर्षअघि यसैगरी बेपत्ता भएको खुलेको छ ।

१६ जनाको परिवारसहित हराइरहेकी उर्मिला हायूका श्रीमान् सने हायू पनि तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको एक स्थानीयले अनलाइनखबरलाई जानकारी दिए ।

स्थानीयबासी तथा शिक्षक सुमन कोइरालाका अनुसार सने हायू करिब तीन वर्षअघि घरबाटै बेपत्ता भएका थिए ।

खोजी गर्दा कतै नभेटिएका हायूको हाडखोर केही महिनाको अन्तरालमा नजिकैको जंगलमा भेटिएको थियो ।

प्रतिक्रिया