तनहुँमा ठकुरीहरुले जिल्ला प्रहरी कार्यालय घेरे : प्रहरीबिरुद्ध नाराबाजी

तनहुँमा ठकुरीहरुले जिल्ला प्रहरी कार्यालय घेरे : प्रहरीबिरुद्ध नाराबाजी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ साउन २०८२
  • 10.9K
    Shares

तनहुँ, ११ साउन २०८२।

तनहुँका ठकुरीहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्।

चार दिनदेखि बेपत्ता रहेका तनहुँको व्यास नगरपालिका नं १३ बेलबास निवासी २६ बर्षिय कमलेस चन्द ठकुरीको खोजीमा बेवास्ता गरेको भन्दै उनका परिवारजन र आफन्तहरुले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ घेराउ गरेका हुन्। उनीहरुले प्रहरीविरुद्ध नाराबाजी पनि गरेका थिए।

चन्द गत साउन ७ गतेदेखि ऋषिङ –१ झाँपुटारबाट बेपत्ता भएका थिए । वेपत्ता ठकुरीको खोजी कार्यमा प्रहरी तदारुपकता नदेखाएको भन्दै ठकुरीका परिवारजन र आफन्तजनले जिल्ला प्रहरी कार्यालय तनहुँ घेराऊ गरी नाराबाजी गरेका हुन् ।

ठकुरीका परिवारजन र आफन्तजनले नाराबाजी सहित जिल्ला घेराऊ गर्दा केहीबेर तनावको स्थिती सिर्जना हुन पुगेको थियो । नाराबाजीमा उत्रिएकाहरुले ठकुरीको खोजी कार्यमा प्रहरीले चासो देखाउनु पर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया