आफ्ना नेता तथा कार्यकर्ता पक्राऊको बिरोधमा विप्लब नेतृत्वको नेकपा माओबादीद्वारा आयोजित नेपाल बन्दकाकारण नेपाली जनजीवन प्रभावित बनेको छ भने बन्द गर्दै हिँडेका विप्लव निकट नेकपा माओवादीका नेता कार्यकर्ताहरुलाई प्रहरीले व्यापक धरपकड गरिरहेको छ । नेपाल बन्दका क्रममा प्रहरीले उपत्यकाबाट ३५ सहित देशभरबाट माओवादीका डेढ सय भन्दा बढी नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

पोखराको विविन्न स्थानबाट प्रहरीले करीब ४२ जना माओबादीका नेता तथा कार्यकर्ताहरुलाई पक्राऊ गरेको छ / पोखराबाट पक्राऊ परेका मध्ये ३३ जनालाइ गण्डकी अञ्चल प्रहरी कार्यलय पोखरामा , ५ जनालाइ लेखनाथ डाँडाको नाक प्रहरी चौकीमा, ४ जनालाइ लेखनाथ पावरहाउस चौकीमा राखिएको छ / लेखनाथबाट पक्राऊ गरिएका रतन परियारलाई प्रहरीले कुटपिट गरि घाइते बनाएको छ । बन्दका क्रममा काठमाडौंको कालिमाटीबाट माओवादी निकट टेड युनियन महासंघका अध्यक्ष योगेन्द्र कुमालसहित १२, बालाजुबाट २ , कलंकीबाट ८, ललितपुरबाट ११,, भक्तपुरबाट भक्तपुर जनपरिषद् प्रमुख कृष्णराम खडकालगायत २, गरी ३५ जना नेता–कार्यकर्तालाई प्रहरीले जबर्जस्त पक्राउ गरेको माओवादीका पोलिट ब्यूरो

सदस्य एवं केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढाले जानकारी दिएका छन् । भर्खरै प्राप्त जानकारी अनुसार,