‘अपरेशन सफल भयो, १ / २ दिनमा घर आउंछु’ भनेर साथीहरुलाई फोन गरेका पूर्व वडाध्यक्षको मृत्यु भएपछि पोखराको गण्डकी मेडिकल कलेजमा तनाब

‘अपरेशन सफल भयो, १ / २ दिनमा घर आउंछु’ भनेर साथीहरुलाई फोन गरेका पूर्व वडाध्यक्षको मृत्यु भएपछि पोखराको गण्डकी मेडिकल कलेजमा तनाब


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ साउन २०८२
  • 15.4K
    Shares

गण्डकी मेडिकल कलेज पोखरामा तनाब

पोखरा, ९ साउन २०८२।

पिसाब नलीमा देखिएको समस्या सम्बन्धि अपरेशन सफल भएपछि खुशी भएर बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ का पूर्व वडाध्यक्ष जितबहादुर रानाले खुशी हुँदै आफ्ना घर परिवार र साथीहरुसंग भिडियोक्लमा कुरा गर्दै हरुलाई ‘मेरो अपरेशन सफल भयो, १ / २ दिनमा घर आउंछु’ भनेर वाचा गरे। उनको प्रोटेस्ट सम्बन्धि अपरेशन पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा सफल रुपमा सम्पन्न भएको थियो।

बिरामी स्वयंले भिडियो कालमा देखिएर खुशी हुँदै गाउँ फर्किने गरेको वाचाले उनको घरपरिवार, छिमेकी , साथीभाई, आफन्त र शुभचिन्तकहरुको खुशीको सीमा रहेन। तर त्यो खुशी धेरै बेर टेक्न पाएन।

लगत्तै उनको अपरेशन गरिएको ठाउँमा ड्रेसिङ गर्न भन्दै भित्र लागेका डाक्टर लामो समयसम्म बाहिर निस्किएनन्। डाक्टर त निस्किएनन् नै, ड्रेसिङ गर्न भन्दै भित्र लगिएका सामाजिक व्यक्तित्व जितबहादुर रानालाई अपरेशन थिएटरबाट बाहिर पनि निकालिएन।

ड्रेसिङ गर्न भित्र लगिएका स्थानीय सामुदायिक बिद्युतीकरणका अध्यक्ष समेत रहेका रानालाई करीब डेढ घण्टासम्म बाहिर ननिकालिए पछि कुरुवा बसेका उनका आफन्त अर्को डाक्टर लिएर भित्र छिरे। भित्र पुग्नासाथ उनको होश हवास नै उड्यो, ड्रेसिङ गर्न भित्र लगिएका राना भुइँमा घोप्टो अवस्थामा लडेका थिए। अपरेशन गर्न भन्दै रानालाई भित्र लगेका डाक्टर त्यहाँ थिएनन्।

घोप्टो अवस्थामा रहेका रानालाई कुरुवासंगे गएका डाक्टरले उत्तानो पारे। त्यतिबेला सम्म लल्याक लुलुक भैसकेका रानाको मृत्यु भएको ठहर ती डाक्टरले गरे। त्यसपछि रानाका आफन्तले ड्रेसिङ गर्न भित्र लगिएका रानाको के कारणले मृत्यु भएको हो भनेर कारण मागिरहेका छन्। तर अस्पताल प्रशासनले उनीहरुको चित्त बुझ्दो जवाफ दिन सकिरहेको छैन।

आफ्ना पूर्व वडाध्यक्ष जनप्रिय सामाजिक व्यक्तित्वको अनाहक र बिना कारण मृत्यु भएको खबरले आक्रोशित आफन्त र शुभचिन्तकहरुले बिहिबार अस्पताल प्रशासनमा तोडफोड गरेका छन् ।

विरामीका आफन्तले गरेको तोडफोडका कारण अस्पताल प्रशासनको पाटेसन गर्न प्रयोग भएका सिशाहरु फुटेका छन्। आक्रोशित आफन्तहरुसंगको वार्तामा अस्पताल ब्यबस्थापनले आफ्नो गल्ति स्वीकार गरिसकेको तर पिडित परिवारलाई राहत दिने बारेमा कुनै चासो नदिएको जैमिनी ७ बेलबगरस्थित संस्कृत माविका शिक्षक राजेन्द्र पौडेलले जानकारी दिए।

पिडित पक्षले आफूहरुको लागि राहत नदिने हो भने पनि स्वस्र्गीय रानाको स्मृतिमा ट्रस्ट संचालन गरिनुपर्ने बताइरहेको शिक्षक पौडेलले जानकारी दिए। तर अस्पताल ब्यबस्थापन शबको पोस्टमार्टम गरे पछि आएको रिपोर्टका आधारमा आफूहरु अघि बढ्न तयार रहेको बताइरहेका प्राप्त समाचारमा अजनाइएको छ।

पिडित पक्ष भने पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण खुले पनि डाक्टरको कमी कमजोरीका बारे उल्लेख नहुने भएकाले अस्पताल ब्यबस्थापनको कुरा मान्न तयार छैनन्। उनीहरु रानालाई ड्रेसिङ गर्न भित्र लैजाने डाक्टरलाई कारबाही हुने पर्ने माग गरिरहेका छन्।

आफ्ना मागहरु प्रति बेवास्ता गरिए पछि पिडितका आफ़नतहरु अस्पताल प्रशासन भवन अगाडी रातीदेखि धर्ना बसिरहेका छन्। कुनै अप्रिय घटना अहुना नदिन ब्यापक मात्रामा प्रहरी परिचालन पनि गरिएको छ।

प्रतिक्रिया