केडिया अपहरणकाण्डमा संलग्न नेविसंघ केन्द्रीय सदस्यसहित पाँच जना सार्बजनिक

केडिया अपहरणकाण्डमा संलग्न नेविसंघ केन्द्रीय सदस्यसहित पाँच जना सार्बजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ जेष्ठ २०७३
  • 10.7K
    Shares

व्यवसायी सुरेश केडियाको अपहरणमा संलग्न भएको भन्दै प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । योसँगै  केडिया अपहरणकाण्डमा पक्राउ पर्नेहरुको संख्या पाँच पुगेको छ । पक्राउ परेका पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । बारा महागढिमाइका विरेन्द्र यादव, कबहिजब्दीका जियालाल यादव, विरेन्द्र यादव, जियालाल यादव र चञ्चला पाण्डेलाई प्रहरीले सार्बजनिक गरेको हो ।

अपहरण आरोपमा पक्राउ परेका विरेन्द्र यादव कांग्रेस निकट नेविसंघका केन्द्रीय सदस्यसमेत हुन् । चञ्चला पाण्डेले भारतीय जेलमा रहेका कुख्यात अपराधी बब्लु दुबेको योजनामा केडियाको अपहरण गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पाण्डेको योेजनामा यादवले साथ दिएका थिए । चञ्चला पाण्डे, गढिमाइ तेलकुवाका जियालाल र देवेन्द्र कुमार चौधरी यसअघि नै पक्राउ परिसकेका थिए ।

केडिया अपहरणमा सीमा सुरक्षा कम्जोर बनाएको भन्दै इलाका प्रहरी कार्यालय कबही गोठका सइ राजेन्द्र कुमार चौधरी, हवल्दार तेजप्रसाद ढकाल, प्रहरी जवानहरु बुनिल महतो, सुरेन्द्र साह र प्रमोद राय यादवलाई अनुसन्धानका लागि प्रहरीले निलम्बन गरेको छ ।

प्रतिक्रिया