बढी सुन्दर भएकाले सरकारद्वारा चलचित्र खेल्न प्रतिबन्ध

बढी सुन्दर भएकाले सरकारद्वारा चलचित्र खेल्न प्रतिबन्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ बैशाख २०७४
  • 57.3K
    Shares

सुन्दर बन्न सबैको चाहना हुन्छ। अझ चलचित्रमा अभिनय गर्ने कलाकारलाई त झन बढी सुन्दर बन्नु पर्छ। तर एक विदेशी अभिनेत्रीलाई भने आफ्नै सुन्दरता बोझ बनेको छ।

२५ वर्षीया डेनी नन नाम गरेकी अभिनेत्रीलाई सुन्दरताले थप समस्या बनाएको हो। डेनी नन एकदमै सुन्तदर बनेका कारण त्यहाँको सरकारले उनलाई चलचित्रमा काम गर्न बन्देज लगाएको हो।

कम्बोडियन सरकारले मिस नानलाई आबस्यकता भन्दा बढी सुन्दर भएका कारण एक वर्षका लागि नयाँ चलचित्र बनाउनका लागि प्रतिवन्द लगाएको हो।

कम्बोडियाका संस्कृति तथा कला मन्त्रीले उनी एकदमै सुन्दर र सेक्सी भएको र उनले फेसबुकमा पोस्ट गरेका फोटो आचार संहिताहित भएका कारण चलचित्रमा प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई देशभरका तीन लाख बढी व्यक्तिले फलो गरेका छन्।

अभिनेत्री नानले भने एक नायिकाको तुलनामा आफुले कुनै गलत नगरेको जिकिर गरेकी छिन्।

प्रतिक्रिया