गोर्खाका अनिल तीन हप्तादेखि भारतमा बेपत्ता : खोज्न पुगेका परिवारजन भाषा नजान्दा भौंतारिदै, नेपाली राजदुताबासको बेवास्ता

गोर्खाका अनिल तीन हप्तादेखि भारतमा बेपत्ता : खोज्न पुगेका परिवारजन भाषा नजान्दा भौंतारिदै, नेपाली राजदुताबासको बेवास्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ असार २०८२
  • 6.4K
    Shares

पोखरा १४ असार २०८२।

झन्डै तीन हप्तादेखि गोर्खाका एक युवा भारतमा बेपत्ता रहेका छन्। जिल्लाको पालुङटार नगरपालिका–६ उखुबारीका ३० वर्षीय अनिल गुरुङ गएको जेठ २६ गते बिहानै श्रीमती मुना गुरुङलाई भ्वाइस मेसेज पठाएपछि बेपत्ता भएका हुन्।

रोजगारीका सिलसिलामा करीब डेढ महिना अघि मात्र भारतको केदारनाथ पुगेका अनिल गुरुङ घर फर्कने क्रममा केदारनाथबाट सीतापुर बस स्टेसनसका लागि बस चढेकोमा त्यस यता उनी परिवारको सम्पर्कमा नआएको उनकी श्रीमती मुना गुरुङले जानकारी दिइन्।

सम्पर्कबिहीन हुनु अघि अनिलले गएको जेठ २६ गते बिहान श्रीमती मुनालाई पठाएको भ्वाइस मेसेजमा,”म्यासेजमा भनिएको छ, ‘बुढी मलाई मार्न लाछ आज, म घर आइपुग्दिन होला, गल्ती भयो माफ गर भन्दा पनि गरेको छैन ।’

अनिलले हतास बोलीका साथ गरेको म्यासेजसंगै आत्तिएकी मुनाले पटक – पटक म्यासेज गरिन्, फोन गरिन् । तर त्यस भ्वाइस मेसेज यता अनिल न सम्पॉर्कम आएका छन्, न पठाएको मेसेजको जवाफ नै दिएका छन्। अहिले त मोबाइल नै अफ छ।

त्यसो त केदारनाथबाट सीतापुरका लागि बस चढेका अनिलले भाइसनग मोबाइलमा कुराकानी गरेका थिए। त्यस बेला पनि उनले भाइलाई “बीचमै उत्रनुपर्छ कि” भनेर भनेको आफूलाई जानकारी आएको मुना गुरुङले बताइन्।

श्रीमानको खोजीका लागि मुना ससुरा पूर्णबहादुर र छिमेकी टीकाबहादुर गुरुङको साथ लागेर एक साताअघि केदारनाथ पुगेकी छिन् । कसै गरे पनि श्रीमानको अवस्था थाहा पाउन नसकेको उनले गुनासो गरिन् । ‘यहाँको पुलिस भएको ठाउँमा आएका छौं, सीसी क्यामरा पनि हेर्‍यौं,’ उनले भनिन्, ‘नयाँ ठाउँ भाषा बुझिन्नँ, बसपार्कको सीसी क्यामरामा एक साताको मात्र रेकर्ड हुन्छ भन्नुभयो, जताजता भनेको छ त्यतै पुगेका छौं तर केही खोजखबर पाइएन ।’

अघिल्लो दिनसम्म फोनमा कुरा हुँदा एकजना नेपाली साथीसँग विवाद परेको सुनाएको मुनाले बताइन् । ‘त्यही कुराले केही पो भयो कि मनमा त लाग्छ, यसै भन्ने अवस्था पनि छैन,’ उनले भनिन् ।

अनिलको खोजीका भारत पुगेका परिवारका सदस्य भाषा नबुझ्दा मात्र समस्यामा छैनन्, भारतस्थित नेपाली राजदूतावासबाट पनि सहयोग नपाएको गुनासो गर्छन् । ‘नचिनेको ठाउँ हामीले आधार नै पाएनौं, अनिल बसोबास गर्ने केदारनाथको गैरीगुनको हेलिप्याड भन्ने ठाउँमा पुग्न पनि हामीलाई डर छ, त्यहीँ बस्दा एकजना सँग दुस्मनी थियो भन्ने सुनेका थियौ,’ अनिलको खोजीमा भारत पुगेका टीकाबहादुरले भने ।

भारतस्थित नेपाली राजदूतावासबाट पनि खोजीका लागि सहयोग भए आधार हुने उनी बताउँछन् ।
‘अस्ति दूतावासको भनेर एकजना मान्छे सम्पर्कमा आउनुभएको थियो, एक दिन एक रात लाएर ठुलो आशा बोकेर दिल्ली पुग्यौं, त्यसपछि एकले अर्कोको नम्बर गर्दै तीन-चारजना मान्छेको नम्बर दिए,’

टीकाबहादुरले भने, ‘अन्तिमको मान्छेले अझै दुई सय किलोमिटर अघि आउनु भनेपछि दूतावासको मान्छे हो कि होइन भन्ने ठम्याउनै सकेनौं, दूतावासको पनि कोही नभेटी अहिले केदारनाथ नै फर्किएका छौं ।’

भारत केदरनाथ क्षेत्रको सोनप्यार्‍ड भन्ने प्रहरी बिट नजिकै अहिले अनिलको खोजीमा आफूहरु बसिरहेको उनले बताए । अनिल केदारनाथस्थित गैरुगुनको हेलिप्याड नजिकै बसोबास गर्दै आएका थिए । ‘गैरुगुनामा बसोबास गर्दा खाना खाने ठाउँमा पनि बुझ्न खोज्यौ, उहाँ सँगै काम गर्ने नुवाकोटको साथी हुनुहुन्थ्यो । उहाँहरु पनि हामीसँग कुराकानी गर्न खोज्नुहुन्न,’ उनले भने ।

अनिल गुरुङको अन्तिम भ्वाइस मेसेज

प्रतिक्रिया