बागलुङमा १४ वर्षीया बालिका सामुहिक रुपमा बलात्कृत : तीन जना पक्राउ

बागलुङमा १४ वर्षीया बालिका सामुहिक रुपमा बलात्कृत : तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ असार २०८२
  • 13K
    Shares

पोखरा १२ असार २०८२।

बागलुङमा १४ वर्षीया बालिका सामुहिक रुपमा बलात्कृत भएकी छिन। आफन्तको घरबाट आफ्नो घरतिर आउदै गरेकी बागलुङकी १४ वर्षीया बालिका गत जेठ २८ गते सामुहिक रुपमा वलात्कृत भएकी हुन्।

बालिकालाई सामूहिक वलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरिक्षक आनन्द बस्नेत समेतको प्रहरी टोलिले बागलुङको बडिगाड गाउपालिका वडा नं. ८ बस्ने बर्ष ३० को यम प्रसाद श्रीस, सोही ठाउँको २५ वर्षीय गुणबहादुर श्रीस र बर्ष ३५ को झमु श्रीसलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।

अभियुक्तहरुबिरुद्ध जिल्ला अदालत बागलुङबाट जबरजस्ती करणी गर्न नहुने कसुर मुद्दामा पांच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया